२७ जेठ २०८३, बुधबार

फोटोनले ल्यायो सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक

फोटोनले ल्यायो सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक

नेपालको लागि फोटोन गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा पेश गरेको छ ।

भाद्र २१ गते औपचारिक रुपमा बिक्री शुभारम्भ गरिएको यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य शहरहरूमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

विशेषतः व्यावसायिक उद्देश्यहरू परिपूर्तिका लागि निर्माण गरिएको अत्याधुनिक नवीनतम अमार्क टिएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङसंग संयोजन गरिएको छ । 

अविश्वसनीय माइलेज र ४१३० केजीसम्मको भार बहन क्षमता भएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट उच्चतम नाफा आर्जन गर्न सकिने दावी कम्पनीले गरेको छ ।

भर्टिकलद्वारा शक्ति प्रदत्त, इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ,  अधिकतम ३६०० आरपिएममा ७६ कि.वा.प्रतिफल दिने बिजे४९३जेडएलक्युभि१(इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्याँकसहित अधितकम टर्क १९००–२२०० आरपिएममा २२५ एनएम भएको नयाँ अमार्क टिएक्स पिक अप समुहमा आवश्यक पर्ने हर प्रकारको व्यावसायिक आवश्यकताहरू पूरा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ । 

जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको  यस पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भनें जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्यूनतम १९० मिमि रहेको छ । 

कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिनहरू, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एँगल लेन्ससहित निर्माण गरिएको छ । 

साथै पिक अपमा सबै खाले अडियो–रेडियोहरू, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् । 

यी सबका अतिरिक्त विश्व स्तरीय अमार्क टिएक्समा अत्यन्त भरपर्दो ब्रेकिङ प्रणालीहरू जडित छन् ।

यसमा सर्भिस ब्रेकको प्रकतिमा हाइड्रोलिक, फ्रन्ट/रीयर ड्रम रहेका छन् भनें पार्किङ ब्रेक प्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्