१९ असार २०८३, शुक्रबार

पुष्पलालदेखि विप्लवको अस्पष्ट कार्यदिशाका कारण कम्युनिस्ट आन्दोलन संसदीय दलदलमा फस्योः बास्तोला

पुष्पलालदेखि विप्लवको अस्पष्ट कार्यदिशाका कारण कम्युनिस्ट आन्दोलन संसदीय दलदलमा फस्योः बास्तोला

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले पुष्पलाल, मोहन वैद्य, प्रचण्ड हुँदै विप्लवले दिएका  अस्पष्ट कार्यदिशाकै आधारमा पार्टी चलाएकाले नेपाली कम्युनिस्टहरु घुमीफिरी संसदीय दलदलमा फस्न पुगेको बताएका छन् । बुधबार संवाद डबलीमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख सागर लिम्बुसहित १ दर्जन नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै बास्तोलाले सो कुरा बताएका हुन् । उनले निर्धक्क भएर जनताको पक्षमा लाग्न निर्देशन समेत दिए ।

संयोजक बास्तोलाले २०३५÷३६ सालदेखि कम्युनिस्ट तथा क्रान्तिकारी उतारचढाब र सफलता–असफलताको गम्भिर समिक्षा गरेर नेकपा (बहुमत) निर्माण गरेकोले आफ्नो पार्टी क्रान्तिकारी र जनपक्षीय हुने दाबी गरे ।  विश्वमा पुँजीवादी बहुदलीय संसद्वादले आफ्नो प्रगतिशील चरित्र गुमाइसकेको र नेपाली कम्युस्टि भनिएका दलहरु दक्षिणपन्थि दलापूजीवादमा फसिसकेकोले त्यसको एक मात्र विकल्प नेकपा (बहुमत) हुने जिकिर गरे ।

सागर लिम्बुले नेपालमा विभिन्न टुटफूटले नेपाली जनताको ठूलो आशा र भरोसामा तुसारापात भएको र प्रचण्डदेखि विप्लवले केबल आफू आफ्नो वारीपरीको लागि १० वर्षे जनयुद्धको उपलब्धिको दुरुपयोग गरेको आरोप लगाए । लिम्बुले बहुमतमा परिपक्व र बौद्धिक नेताहरुले नेतृत्व गरेको हुँदा उत्पीडित जनताले मुक्ति पाउने आशा रहेको बताए ।

आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका विभाग प्रमुख सागर लिम्बु, केन्द्रीय सदस्यहरु बद्रीकुमार चौलागाईं, सकल लिम्बु, बद्री चौलागाईं, सविन दाहाल, आतिश मिश्र, निश्चल परियार र स्वतन्त्र तथा कम्युनिस्ट रामचन्द्र बलामीसहित १ दर्जन बढी नेकपा (बहुमत) मा ध्रुवीकृत भएका हुन् ।

 पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीसहितका नेता कार्यकर्ता उपस्थित भएको सो कार्यक्रमको सञ्चालन केन्द्रीय आयोजक समिति सदस्य सरद रसाइलीले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्