०७ असार २०८३, आइतबार

मन्त्रीकै अघि जनकपुरका स्थानीयले कुटे कार्यकारी अधिकृत

कात्तिक २०, २०७४
मन्त्रीकै अघि जनकपुरका स्थानीयले कुटे कार्यकारी अधिकृत

जनकपुर, १७ साउन - जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुन सुवेदीलाई जनकपुरका स्थानीय वासिन्दाले कुटपिट गरेका छन् । स्थानीयहरुले सहरी विकास मन्त्री प्रभु साहकै सामुन्नेमा कुटपिट गरेका हुन् ।

उपमहानगरपालिकामा अहिले एकिकृत सहरी विकास परियोजनाको काम चलिरहेको छ । तर सहर अव्यवस्थित भएको र उपमहानगरपालिकाले जनताको काम नगरेको भन्दै सर्वसाधारणले सुवेदीलाई कुटपिट गरेका हुन् ।

मन्त्रीले निर्देशन दिन बोलाएकै कार्यक्रममा सुवेदी नगएको भन्दै स्थानीयले उनीमाथि हात हालेका हुन् । उनको अवस्था सामान्य रहेको छ ।

उपमहानगरपालिकाका इन्जिनियर विरेन्द्र यादवसँग आक्रोशित भएका उनीहरुले कार्यकारी अधिकृतलाई नै हात हालेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्