२६ जेठ २०८३, मंगलबार

कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै

कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै
प्रतिकात्मक तस्वीर

सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण शुरू भएको छ । 

१ हजार ५०० मिटर लम्बाइको झोलुङ्गे पुल नेपालकै लामो भएको दाबी गरिएको छ । 

यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल (१ हजार ४५६ मिटर) कञ्चनपुरको दोधाराचाँदनीस्थित महाकाली नदीमा निर्माण गरिएको छ । तराई–मधेशको लाइफलाइन मानिएको हुलाकी सडकअन्तर्गत रहेको कमला पुल २०६८ सालमा निर्माण गर्न पप्पु कन्सट्रक्सन र लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । 

काम समयमा नसकिएपछि कम्पनीविरुद्ध स्थानीयले आन्दोलन समेत गरेका थिए । 

त्यसपछि सपना–उमा एण्ड थानी जेभी बत्तीसपुतलीसँग २१ करोड ५१ लाख रुपैयाँमा पुल बनाउन गत असारमा सम्झौता गरिएको थियो । निर्माणमा संलग्न इन्जिनीयर उपेन्द्र देवकोटाका अनुसार २ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको हो । अहिले सिराहा नगरपालिका–१३ मल्हनियामा निर्माणको काम धमाधम भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्