×

NMB BANK
NIC ASIA

नेपाली फिल्ममाथि विभेद गरिएको निर्माता संघ र निर्देशक समाजको आरोप

भदौ २३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’को टिकट बुकिङ क्युएफएक्स चेनलगायतका हलहरूले बिहीवार दिउँसोसम्म खुलाएका छैनन् । 

Muktinath Bank

विदेशी चलचित्रको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली चलचित्रको बुकिङ खुला नगरिएकोप्रति निर्माता, निर्देशक एवं चलचित्रकर्मीहरूले आवाज उठाइरहेका छन् । चलचित्र क्षेत्रका दुई संस्थाले पनि यसमा गम्भीर आपत्ति जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । निर्माता संघले नेपाली चलचित्रलाई बारम्बार पेल्न र हेप्न खोजिनुको ठोस कारण प्रदर्शकहरूले दिनैपर्ने माग गरेको छ । 


Advertisment
Nabil box
Kumari

निर्माता संघका अध्यक्ष नवल खड्काद्वारा जारी विज्ञप्तिमा भोलिदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समान हैसियतको शो र अग्रिम टिकट बुकिङको वातावरण बनाई दिन अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा नेपाली चलचित्रप्रति तपाईंहरूले देखाउनुभएको निन्दनीय व्यवहारविरुद्ध बाध्य भई कडा रुपमा प्रस्तुत भई निरन्तर संघर्षमा उत्रिने छौँ ।’ 

Vianet communication

निर्देशक समाजले पनि नेपाली चलचित्रको टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ । 

निर्देशक समाजका महासचिव जनकदीप पराजुलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिन्दी चलचित्रको सेन्सर भएको छैन भनि विभिन्न कारण देखाई समयमै सेन्सर भैसकेका आउने शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्रको टिकट बुकिङ खुला गर्न ढिलाई गर्नु खेदजनक छ ।’ 

निर्देशक समाजले नेपाली चलचित्र क्षेत्रलाई नै हत्तोत्साहित पार्ने गैर जिम्मेवारीपूर्ण उक्त कार्यहरूलाई बन्देज लगाउन चलचित्र विकास बोर्डलाई आग्रहसमेत गरेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x