३० असार २०८३, मंगलबार

युक्रेन र छिमेकी मुलुकलाई हतियार किन्नका लागि अमेरिकाले २ अर्ब डलर दिने

भदौ २३, २०७९
युक्रेन र छिमेकी मुलुकलाई हतियार किन्नका लागि अमेरिकाले २ अर्ब डलर दिने

अमेरिकाले युक्रेन तथा उसका छिमेकीहरूलाई अमेरिकी सैन्य उपकरण किन्नका लागि २ अर्ब डलर बराबरको ऋण तथा अनुदान उपलब्ध गराउने भएको छ । 

बिहीवार अमेरिकाको परराष्ट्र मन्त्रालयले यसको जानकारी दिएको हो । 

यसका अतिरिक्त अमेरिकाले युक्रेनलाई साढे ६७ करोड डलर बराबरको सैन्य उपकरण पनि उपलब्ध गराउने रक्षामन्त्री लोयड अस्टिनले बिहीवार बताएका छन् । युक्रेनको हतियार भण्डार बढाउने विषयमा साझेदारहरूसँगको वार्ताअघि अस्टिनले यसको जानकारी दिएका हुन् । 

युक्रेनले खार्किभको युद्धभूमिमा सफलता पाइरहेको अमेरिकाले विचार गरेको र थप सहायता दिन खोजेको अस्टिनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्