×

X
Nic Asia
Dabur
Khukuri

क्षेत्रीय स्थिरताका लागि नयाँ सुरक्षा चुनौती

युरेसिया क्षेत्रका लागि चुनौती बन्दै आईएसकेपी : भारत, चीन र रुसलाई किन दिँदैछ चेतावनी ?

काठमाडाैं | भदौ २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) ले एक साताअघि आफ्नो अंग्रेजी पत्रिका भोइस अफ खोरासानमा भारत र चीनलाई धम्की दिँदै प्रकाशित गरेको सामग्रीले दक्षिण एसियामा बल्झिएको सुरक्षा चुनौतीतर्फ संकेत गरेको छ । 

LAxmi BAnk
nabil BANK inside

अमेरिकी सेना अफिगानिस्तानबाट बाहिरिएको एक वर्षपछि पनि सत्तारूढ तालिबानसँग विमति राख्दै हिंस्रक कारवाही जारी राखेको आईएसकेपीले भारत र चीन दुवैका विरुद्ध जिहादको आह्वान गरेको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

स्मरणीय छ, तालिबानसँग असन्तुष्ट इस्लामिक लडाकूहरूले सन् २०१५ मा आईएसकेपी स्थापना गरेका हुन् । त्यही वर्ष उनीहरूले इराक र सिरियामा सक्रिय इस्लामिक स्टेटप्रति बफादारिता पनि व्यक्त गरेका थिए ।

भूराजनीतिक विश्लेषक लुकास वेब्बरले आईएसकेपीका विषयमा सयौं सामग्री तयार पारेका छन् । यो लेख तिनै सामग्रीहरूमा आधारित रहनेछ ।


Advertisment
Saurya island

आईएसकेपीले गत जनवरी महिनादेखि भोइस अफ खोरासान पत्रिका शुरू गरेको हो । पत्रिकाको १३औं अंकमा भारतलाई व्यंग्य गर्दै लेख प्रकाशित गरिएको छ । 

आईएसकेपीले अफगानिस्तान वरपर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विस्तार गर्ने रणनीतिअन्तर्गत भारतप्रतिको घृणालाई पनि प्राथमिकतामा राखेको छ । यस समूहका लागि भारत ठूलो शत्रु हो र यसले भारतीय मुसलमानहरूलाई आफ्नो संगठनमा भर्तीका लागि प्रयास गरिरहेको छ । 

Vianet communication
IME BANK INNEWS
‘गाई पूजा गर्नेहरूको राज्यमा दमनमा परेका मुसलमानहरूलाई सन्देश’ शीर्षकको लेखमा भारतमा संयुक्त राष्ट्रसंघको नाकैमुनि नरसंहार भइरहेको दाबी गरिएको छ । हिन्दू अतिवादीहरूले मुसलमानहरूलाई विगत ७५ वर्षदेखि सुनियोजित रूपमा दमन गरिरहेको लेखमा आरोप लगाइएको छ । 

‘गाई पूजा गर्नेहरूको राज्यमा दमनमा परेका मुसलमानहरूलाई सन्देश’ शीर्षकको लेखमा भारतमा संयुक्त राष्ट्रसंघको नाकैमुनि नरसंहार भइरहेको दाबी गरिएको छ । हिन्दू अतिवादीहरूले मुसलमानहरूलाई विगत ७५ वर्षदेखि सुनियोजित रूपमा दमन गरिरहेको लेखमा आरोप लगाइएको छ । 

मुसलमानहरू राज्यबाट प्रायोजित हिन्दू आतंकवादको शिकार बनेको बताउँदै लेखमा अपमानका सिक्रीहरू तोडेर जिहादको बाटोमा लाग्न आग्रह गरिएको छ । मूर्तिपूजकहरूलाई खिलाफतको ऐतिहासिक भूमिबाट सफाया गरी प्राचीन गौरव पुनः हासिल गर्न लेखले आह्वान गरेको छ । 

यहाँनेर स्मरण गराऔं– आईएसकेपीले इरानदेखि उत्तर भारतसम्मका क्षेत्रमा इस्लामी खिलाफत (साम्राज्य) स्थापना गर्ने लक्ष्य लिएको छ । खोरासान भनेको पर्सियाली भाषामा उदाउँदो सूर्य हो । यस प्रतीकात्मक भूक्षेत्रमा कयामत अर्थात् संसारको अन्त्य हुने समयमा माहदी भन्ने मसिहा आउने मुसलमानहरू विश्वास गर्छन् । 

इराक र सिरियाका भूमिलाई समेटेर इस्लामिक स्टेटले बनाएको खिलाफतको नक्कल आईएसकेपीले गर्न खोजेको हो । त्यहाँ इस्लामिक स्टेटलाई तहसनहस बनाइएको भए पनि अतिवादीहरू खोरासान क्षेत्रमा खिलाफत स्थापना गर्ने लक्ष्यमा दृढ देखिन्छन् ।

भारतमा ११औंदेखि १७औं शताब्दीसम्म विभिन्न थरी मुसलमान लडाकूहरूले आक्रमण गरी साम्राज्य बनाएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै आईएसकेपीले सम्पूर्ण भारतवर्षलाई इस्लामी खिलाफत अन्तर्गत पार्ने लक्ष्य लिएको हो । 

गत जुलाई महिनामा भारतमा नुपूर शर्माले पैगम्बर मोहम्मदका विषयमा दिएको बयानका कारण उत्पन्न विवादमा पनि भोइस अफ खोरासान पत्रिकाले भारतमाथि आक्रमण गर्नका लागि उक्साउने लेख प्रकाशित गरेको थियो । 

पत्रिकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर कभर पेजमा राखिएको थियो अनि भारतीय जनता पार्टी र हिन्दूहरूलाई तारो बनाउन आह्वान गरिएको थियो । भारतका विभिन्न शहरमा आत्मघाती बम आक्रमण गर्ने धम्की पनि त्यतिखेर दिइएको थियो । 

त्यही बेलामा ५५ पृष्ठ लामो पर्चा समेत निकालेर उक्त अतिवादी संगठनले भारतीय मुसलमानहरूलाई इस्लामिक स्टेट हिन्द प्रोभिन्समा जोडिएर हिन्दूहरूका विरुद्ध जिहाद गर्न आह्वान गरेको थियो । 

जुन महिनामा काबुलमा रहेको सिखहरूको कर्तेपरवान गुरद्वारामा आक्रमण गरी दुईजनाको हत्या गरेर समेत आईएसकेपीले हिन्दूहरूलाई सन्देश दिएको थियो । यस अतिवादी संगठनको नजरमा मुस्लिम देशमा बस्ने हिन्दू, सिख वा इसाईहरू रक्षा गरिनुपर्ने अल्पसंख्यक अर्थात् धिम्मी हैनन् । सबै इतर धर्मावलम्बीहरूलाई तारो बनाइनुपर्ने यसले आह्वान गर्छ ।  

पाकिस्तानका विभिन्न अतिवादी संगठनहरूसँग आईएसकेपीको साँठगाँठ रहेको बताइन्छ । भारतमा अस्थिरता मच्चाउन खोज्ने पाकिस्तानी स्वार्थलाई समेत आईएसकेपीको कठोर रवैयाले सहायता गरिरहेको छ । त्यसो त पाकिस्तानी शासकहरू पनि शरिया कानूनअनुसार नचल्ने गरेको गुनासो गर्ने आईएसकेपी र अन्य अतिवादी संगठन पाकिस्तानी राज्यका लागि पनि टाउकोदुखाइका विषय हुन् । त्यसअर्थमा समग्र भारतीय उपमहाद्वीपको सुरक्षाका लागि आईएसकेपी भविष्यमा ठूलो चुनौतीका रूपमा देखापर्ने सम्भावना छ । 

आईएसकेपीले चीनलाई समेत कटु आलोचना गरेको छ । भोइस अफ खोरासानको पछिल्लो अंकमा चीनका विषयमा लामो लेख छापिएको छ । त्यसमा चिनियाँहरूलाई तानाशाहका रूपमा चित्रित गर्दै निर्दोष वीगर मुसलमानहरूको रगतले लाल नास्तिकहरूको हात रंगिएको उल्लेख छ । 

ताइवानमाथि आक्रमण गर्ने हिम्मत चिनियाँहरूसँग नरहेको जिकिर उक्त लेखमा गरिएको छ । उसले चीनको बढ्दो शक्तिसँग आशा पनि राखेको देखिन्छ ।

लेखले भविष्यमा चीन थप ठूलो आर्थिक शक्ति बनेर पश्चिमाहरूलाई गतिलै चुनौती दिने बताएको छ । यसरी पश्चिमलाई चुनौती दिने क्रममा चीन र अमेरिकाको द्वन्द्व अवश्यम्भावी भएको उसको दाबी छ । त्यसले तेस्रो विश्वयुद्ध गराउन सक्ने अनि त्यही विश्वयुद्धपछि विश्वव्यापी खिलाफत निर्माण हुने आश आईएसकेपीले गरेको छ । 

मुसलमानहरूको दमन गरेर चीनले विश्वव्यापी पहुँच बनाउन नसक्ने पनि आईएसकेपीको दाबी छ । अफ्रिकी मुलुक मोजाम्बिकमा चिनियाँ कम्पनीहरूले मुजाहिद्दीनहरूको आक्रमणको डरले प्राकृतिक स्रोत उत्खनन गर्न नसकेको स्मरण गराउँदै आईएसकेपीले चीनलाई विगतबाट पाठ सिकी वास्तविकतालाई स्वीकार गर्न भनेको छ । 

चिनियाँहरूको साम्राज्यवादी महत्त्वाकांक्षा पनि सफल नहुने र उनीहरू खिलाफत सैनिकको तीखो चक्कुबाट जोगिन पनि नसक्ने धम्की आर्ईएसकेपीले दिएको छ । 

बेइजिङलाई उत्तेजित बनाउने गरी आर्र्ईएसकेपीले प्रश्न सोधेको छ ः ‘डरछेरुवा चिनियाँ नास्तिकहरूसँग एकैपटक पश्चिम तथा इस्लामिक स्टेटसँग लड्ने हुती छ ? उनीहरू यस बाटोमा हिँडे आत्मघाती कदम साबित हुनेछ ।’

यसरी एसियाका दुई उदाउँदा अर्थतन्त्रमाथि आर्र्ईएसकेपीले गरेको शाब्दिक प्रहारले यस क्षेत्रमा महाशक्ति प्रतिस्पर्धाका रूपमा हुने भूराजनीतिक टकरावसँगै गैरराज्य समूहहरूबाट तेर्सिने सुरक्षा चुनौतीको पनि सम्भावनालाई औंल्याएको छ । भारत र चीनसँग कूटनीतिक सम्पर्क स्थापना गरेकोमा तालिबानप्रति आक्रोश व्यक्त गर्ने आईएसकेपीले क्षेत्रीय अस्थिरता चर्काउनका लागि सबै किसिमका प्रयास गर्ने देखिन्छ । 

युरेसियाली क्षेत्रलाई सम्पर्क सञ्जालमा जोड्ने प्रयासलाई पनि आईएसकेपीले भाँजो हाल्न खोेजेको पाइएकाले यसलाई नियन्त्रणमा राख्नु चुनौतीको विषय हो । उज्बेकिस्तानले अफगानिस्तानको बाटो हुँदै पाकिस्तानी बन्दरगाहसम्म पुग्ने रेलमार्गको प्रस्ताव गरेकोमा आईएसकेपीले त्यसको विरोध गरेको छ । 

अफगानिस्तानलाई पश्चिमी आधुनिकतातर्फ धकेल्नका लागि गैरमुसलमानहरूले तयार पारेको षड्यन्त्रअन्तर्गत रेलमार्गको निर्माण गर्न लागिएको भन्दै त्यसमा काम गर्ने सबैलाई मारिदिने धम्की उसले दिएको छ । 

तुर्कमेनिस्तान, अफगानिस्तान, पाकिस्तान र भारतबीचको ग्यास पाइपलाइन परियोजनालाई पनि आईएसकेपीले विरोध गरेको छ । तालिबानले विदेशी शक्तिहरूसँग मिलेर पाइपलाइन परियोजनामार्फत अल्लाहका दुश्मनहरूको स्वार्थलाई जगेर्ना गर्न खोजेको आईएसकेपीको आरोप छ ।

त्यस्तै तुर्कमेनिस्तान, अफगानिस्तान, पाकिस्तान र भारतबीचको ग्यास पाइपलाइन परियोजनालाई पनि आईएसकेपीले विरोध गरेको छ । तालिबानले विदेशी शक्तिहरूसँग मिलेर पाइपलाइन परियोजनामार्फत अल्लाहका दुश्मनहरूको स्वार्थलाई जगेर्ना गर्न खोजेको आईएसकेपीको आरोप छ । अनि अफगानिस्तानमा लगानी गर्न खोजिरहेको चीनलाई पनि उसले तारो बनाउने धम्की दिएको छ । 

मध्य एसियामा समेत आफ्नो प्रभाव विस्तार गरेर रुसको ‘सफ्ट अन्डरबेली’मा सुरक्षा चुनौती तेर्स्याउने आईएसकेपीको योजना देखिन्छ ।

त्यहाँका विभिन्न स्तान देशमा रहेका अतिवादी संगठनसँग आईएसकेपीको सम्बन्ध रहेको बताइन्छ । 

त्यसमाथि सोमवार काबुलस्थित रुसी दूतावासमा भएको आक्रमण पनि आईएसकेपीले गराएको बताइन्छ । उक्त आक्रमणमा दुईजना रुसी कूटनीतिकर्मीको ज्यान गएको थियो । त्यस आक्रमणपछि रुसलाई दक्षिण एसियामा समेत आफ्नो रणनीतिक ध्यान केन्द्रित गर्न बाध्य बनाएको छ ।

यसरी आईएसकेपी युरेसिया क्षेत्रका सबै मुलुकका लागि घाँडो साबित भइरहेको छ ।  

सम्पर्क सञ्जालमार्फत युरेसिया एकीकरण हुँदा आफ्नो एकल प्रभुत्वलाई चुनौती पुग्ने अनुभव अमेरिकाले गर्ने हुनाले यसमा बाधा पुर्‍याउन ऊ कोशिश गरिरहन्छ । तर अमेरिकाको अभीष्टलाई अमेरिका अनि पश्चिमविरोधी अतिवादी संगठन आईएसकेपीले पूरा गरिदिन खोजेको देखिन्छ । 

अफगानिस्तानमा सिखहरूमाथिको आक्रमण तथा भोइस अफ खोरासान जस्ता पत्रिकाको प्रकाशनमार्फत आईएसकेपीले भौतिक र मनोवैज्ञानिक दुवै किसिमको युद्ध लड्न खोजिरहेको छ । यसलाई प्रभाव विस्तार गर्नबाट क्षेत्रीय शक्तिहरूले रोक्न नसकेमा ठूलो मूल्य चुकाउनुपर्ने स्थिति आउन सक्छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

नयाँ बन्ने प्रतिनिधिसभामा दलहरूको आकारको मोटामोटी खाका आइसकेको छ । आइतवार दिउँसोसम्म जारी दोलखाको मत गणनाले प्रत्यक्षतर्फ नेकपा एमाले या माओवादी केन्द्रको एक सीट बढाउने छ । प्रत्यक्षमा ५७ सीटसहित कांग्रेस पह...

मंसिर १९, २०७९

भारतीय र अमेरिकी सेनाले नोभेम्बर १५ बाट शुरू भएको संयुक्त सैन्य अभ्यासको १८औं संस्करण गत शुक्रवार (२ डिसेम्बरमा) टुंग्याएका छन् ।  युद्ध अभ्यास नाम दिइएको उक्त अभ्यास भारतको उत्तराखण्डस्थित औलीमा गरिएको हो...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सरकारको नेतृत्व दाबी गरिरहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताको चुनाव लागेको छ ।  पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरूले चुनाव जिते...

मंसिर १५, २०७९

हालै भएका केही प्रतिनिधिमूलक घटनाहरूको अध्ययन गर्दा विश्व राजनीतिमा क्रान्तिकारी परिवर्तनका संकेत देखिन थालेका छन् । यस परिवर्तनले विगत ३० वर्षदेखि चल्दै आएको अमेरिकी एकध्रुवीय प्रभुत्वलाई विस्थापित गराउने देख...

मंसिर १६, २०७९

विश्व बहुध्रुवीयतामा प्रवेश गरेको छ तर यसमा अरू ध्रुवको भन्दा अमेरिकी र चिनियाँ ध्रुवको प्रभाव बढी छ । वर्तमान विश्व व्यवस्थामा सबभन्दा बढी प्रभाव पार्ने दुई मुलुक अमेरिका र चीन हुन् ।  यस्तो अवस्थामा विचार...

मंसिर २१, २०७९

विगत दुई दिनमा युक्रेनले रुसी भूमिमा रहेका तीन क्षेत्रमा ड्रोन आक्रमण गरी रुसको वायु प्रतिरक्षा प्रणालीको कमजोरी उजागर गरेको छ । रुसको आत्मसम्मानमा चोट पुर्‍याउने यस युक्रेनी कदमले युद्धको दिशालाई समेत बदल्न...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x