माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
भदौ १३, २०७८
गत बिहीवार अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनले गराएको आत्मघाती आक्रमणमा परी १३ जना अमेरिकी सैनिकको ज्यान गएको छ । उक्त घटनामा १७० जना अफगान नागरिकको पनि मृत्यु भएको छ ।
त्यसको प्रतिशोधका लागि अमेरिकाले शुक्रवार राति अफगानिस्तानको पूर्वमा रहेको नानगारहार प्रान्तमा ड्रोन आक्रमण गरी घटनाको योजना बनाउने मानिसको हत्या गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले नागरिक हताहती नभइकनै आतंककारी योजनाकार मारिएको जनाएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले यस्तै किसिमको आत्मघाती आक्रमण पुनः हुन सक्ने चेतावनी दिएका छन् । अनि काबुल विस्फोटको घटना गराउने आतंकवादीहरूलाई खोजेर छानीछानी मार्ने भनी दृढनिश्चय पनि उनले प्रकट गरेका छन् । तर यो भने जति सजिलो काम हैन ।
आईएसकेपीले पहिला पनि अमेरिकी सैनिकहरूलाई तारो बनाउने गरेको थियो । सन् २०१७ मा आर्ईएसकेपी आतंकवादीहरूलाई सोत्तर पार्ने उद्देश्यले अमेरिकाले पूर्वी अफगानिस्तानमा गुफा र सुरुङहरूमा २२ हजार पाउन्ड तौल भएको विशाल बम खसाएको थियो । त्यसलाई मदर अफ अब बम्ब्स नाम दिइएको थियो ।
अमेरिकाको इतिहासमा कुनै पनि युद्धमा उपयोग गरिएको त्यो सबभन्दा ठूलो गैरआणविक बम थियो । उक्त बम विवादास्पद भएकाले अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले त्यस बमप्रहारबाट सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भए नभएको सुनिश्चित गर्नका लागि कानूनी समीक्षा नै गर्नुपरेको थियो ।
त्यस बमले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन त गरेन तर आईएसकेपीमाथि चाहेमुताबिकको असर पनि पारेन । उक्त आतंकवादी समूहका १०० भन्दा पनि कम लडाकू उक्त आक्रमणमा मारिए र समूहलाई यसले कुनै दीर्घकालीन असर पारेन ।
उल्टो, उक्त समूहले त्यस घटनापछि आफ्ना आक्रमणहरू झन् झन् चर्काउँदै लगेको छ । अफगानिस्तानमा सन् २०२१ मा मात्र आईएसकेपीले ७७ वटा आक्रमण गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाले शुक्रवार गरे जस्तो सैन्य कारवाहीमार्फत आईएसकेपीका थप लडाकू पनि मार्ला र उसका हातहतियार पनि नष्ट गर्ला । तर अतिवादी समूह तथा तिनका कट्टरपन्थी विचारधारालाई सैन्य कारवाहीमार्फत नष्ट गर्न सकिने अमेरिकी सोचमै समस्या छ ।
मुस्लिम अतिवादी तथा लडाकू बन्न चाहने युवाहरूमाझ आईएसकेपीले राजनीतिक तथा मनोवैज्ञानिक विजय हासिल गरेको छ । उनीहरू यसबाट प्रेरित भएर थप आतंककारी घटनामा संलग्न रहने सम्भावना बढेको छ ।
आईएसकेपीले राजधानी काबुलका अतिरिक्त नानगारहार, कुनार, जौजजान, कुन्दुज र हेरात प्रान्तमा समेत गतिविधि गर्ने गरेको छ । सन् २०१८ मा यो समूह उत्तरी अफगानिस्तानबाट लखेटिएको थियो ।
अनि सन् २०१९ मा अमेरिकी र अफगानी सेना तथा तालिबान लडाकूहरूको कारवाहीमा परी आईएसकेपी आफ्नो पकड रहेको पूर्वी क्षेत्रमा लगभग निमिट्यान्न भएको भनी अमेरिकी संसद्ले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आईएसकेपीविरुद्ध तालिबानले गरेको कारवाहीमा अमेरिकाले हवाई सहायता समेत उपलब्ध गराएको थियो । सन् २०१९ मा अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले आईएसकेपी पूरै सकिएको भनी घमण्ड गरेका थिए ।
तर अहिले गानी अफगानिस्तान छाडेर भागेका छन् भने आईएसकेपी जबर्जस्त रूपमा फर्केको छ । गत जुन महिनामा संयुक्त राष्ट्रसंघले आईएसकेपी सक्रिय र खतरनाक रहेको अनि बृहत्तर क्षेत्रका लागि जोखिम तेर्स्याएको प्रतिवेदन दिएको थियो ।
पोहोर साल शाहाब अल–मुहाजिर यस समूहका अमिर अर्थात् प्रमुख बनेका थिए । यसले तालिबानबाट असन्तुष्ट रहेका तथा अन्य लडाकू भित्र्याएर आफूलाई बलियो बनाउन खोजेको छ ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, यस समूहमा १५ सयदेखि दुई हजार लडाकू छन् । तालिबानले अफगानिस्तानका विभिन्न भाग कब्जा गर्दै जाँदा बागराम एयरबेस तथा अन्य कारागारमा रहेका आईएसकेपीका हजारौं लडाकूलाई थुनामुक्त गरेको थियो ।
अमेरिका तथा नेटो सैनिकहरू बहिर्गमन गरिरहेको अवस्थामा अफगानिस्तान तालिबान र आईएसकेपीको युद्धभूमि बन्न सक्ने विज्ञहरूको कथन छ । अमेरिकाले तालिबानसँग मिलेर आईएसकेपीविरुद्ध कारवाही गर्न सक्छ । तत्कालका लागि आईएसकेपीले अमेरिकी तारोमा आक्रमण गर्ने भन्दा पनि अफगानिस्तानमा आफ्नो स्थिति दह्रो बनाउने सम्भावना रहेको एक वरिष्ठ अमेरिकी अधिकारी बताउँछन् ।
तालिबानले आईएसकेपीलाई आतंकवादी समूह मान्ने गरेको छ । आईएसकेपीले विद्यालय र मस्जिद वा शिया हजारा जस्ता सफ्ट टार्गेटमा प्रहार गर्ने गरेको छ । यसले तालिबानबाट असन्तुष्ट रेहका मानिसलाई भर्ती गर्ने र जातीय द्वन्द्व निम्त्याउने लक्ष्य लिएको छ ।
इन्टेलिजेन्स ग्रुप नामक साइटकी रिता काट्जका अनुसार, तालिबानले अमेरिकालाई हराएको भन्ने धारणा इस्लामी र जिहादीहरूमा छ तर आईएसकेपीले त्यसलाई काउन्टर दिँदै तालिबान अमेरिकीहरूको एजेन्ट भएको र उनीहरूले अमेरिकाकै योजनामुताबिक अफगानिस्तानमा कब्जा गरेको भाष्य स्थापना गर्न खोज्दैछ ।
आर्ईएसले प्रकाशन गर्ने अल–नबा नामक पत्रिकामा उक्त समूहले लेखेको छ– दाह्री फालेको सफाचट तानाशाहको ठाउँमा दाह्री पालेको तानाशाह आउनु बाहेक के नै भएको छ र ?
तालिबानसँग कम्तीमा ७० हजार लडाकू छन् र त्यो आईएसकेपीको भन्दा निकै धेरै संख्या हो । काट्जका अनुसार, आईएसकेपीले आक्रमणहरू गरिरहनेछ तर तालिबानलाई त्यसबाट तात्त्विक असर पर्ने छैन ।
अमेरिकाको थिंकट्यांक स्टिमसन सेन्टरका सौरभ सरकारले तालिबान तथा आईएसकेपीविरुद्धको द्वन्द्व गृहयुद्धमा परिणत नहुने बरू गुरिल्ला शैलीको द्वन्द्व लामो समयसम्म चलिरहने अनुमान गरेका छन् ।
आईएसकेपीले बन्दै गरेको तालिबान सरकारको कमजोरीबाट फाइदा उठाउन खोजिरहेको छ । अफगानिस्तानमा छाएको अव्यवस्थाका कारण अतिवादी समूहहरूले अवसर पाएका छन् ।
आईएसकेपीले नयाँ लडाकू भर्ती गर्न कत्तिको सक्छ र भूमिमाथि नियन्त्रण पनि कायम गर्ने विद्रोही आन्दोलनका रूपमा आफूलाई परिणत गरेर तालिबानसँग लड्न सक्छ कि सक्दैन भन्नेमा धेरै कुरा निर्भर रहनेछ ।
अमेरिकी सेनालाई वर्षौंपछि यति ठूलो क्षति गराउन सफल भएकाले आईएसकेपीले अतिवादीहरूमाझ विश्वसनीयता हासिल गरेको छ । अमेरिकाले केही क्षेप्यास्त्र वा ड्रोन आक्रमण गरेको वा मदर अफ अल बम्ब्स खसाएको भरमा धेरै कुरा परिवर्तन हुने छैन ।
द न्यु योर्करमा प्रकाशित रबिन राइटको रिपोर्टलाई लोकान्तरका लागि विन्देश दहालले नेपालीमा अनुवाद गरेका हुन् ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...