×

NIC ASIA

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । 

Muktinath Bank

देउवाले एमालेसँग छलफलका लागि दोस्रो तहका नेतालाई खटाएर एउटा माहोल बनाइरहेका थिए । तर, यही बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई विश्वासमा लिएर वैकल्पिक गठबन्धनको प्रयास गरेपछि सभापति देउवा रणनीतिक रूपमा अप्ठ्यारोमा परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा कांग्रेसले भित्रभित्रै वैकल्पिक गठबन्धनको प्रयासका लागि गोप्य बैठक चलायो, जसको अगुवाइ उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । कांग्रेसको यस्तो प्रयासपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल आइतबार फुटेको छ । तत्काल अर्को गठबन्धन हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको साझा रणनीतिअनुरूप जसपा फुटेको हो, जसको असर देउवालाई पनि परेको छ । 


Advertisment
Nabil box
Kumari

ओलीले कांग्रेससँग संवाद गरे पनि आफू अनुकूल परिस्थितिका लागि मात्रै कुराकानीको प्रयास गरेका थिए । तर, जसपाका यादव र नेकपा एकीकृत समाजवादीका माधव नेपालले देउवासँग गोप्य भेटघाट गर्ने, एक–एक वर्ष प्रधानमन्त्री बन्नेसम्मको योजना बनाए । 

Vianet communication

एमाले र माओवादीलाई समेत झस्काउने गरी कांग्रेसका ८८, राप्रपाका १४, जसपाका १२, समाजवादीका १०, जनमतका ६, लोसपा र नागरिक उन्मुक्तिका ४/४ गरी १३८ सांसद पुर्‍याउने अभियान स्वरूप अर्को गठबन्धनको प्रयास भइरहेको थियो । यसमा राष्ट्रिय जनमोर्चाको एक सिट थप्दा बहुमतमाथि पुग्ने हिसाब निकाल्दै यादव र नेपालले कांग्रेससँग छलफल गरेका थिए । 

null

यादव र नेपाल एक–एक वर्ष प्रधानमन्त्री बन्ने, यसमा कांग्रेस पनि मिसिने गरी छलफल अगाडि बढेपछि ओली र प्रचण्ड एकैपटक झस्किएका हुन् । त्यसपछि विकसित घटनाक्रमअनुसार आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १२ मध्ये ७ सांसदले जसपा गठन गरेका छन् । 

अब एमाले वा माओवादीबिना अर्को गठबन्धनमा बहुमत पुर्‍याउने बाटो तत्कालका लागि बन्द भएको छ । अब एमाले, माओवादी र रास्वपाबिना प्रतिनिधिसभामा १३८ पुर्‍याएर बहुमत जुटाउन त्यति सहज देखिँदैन ।

‘प्रचण्डदेखि माधव नेपालको बार्गेनिङ अति नै भयो । केन्द्रदेखि प्रदेशसम्मै अस्थिरता भयो भन्ने भएपछि कांग्रेसमा एउटा धार एमालेसँग मिलेर निर्वाचन प्रणाली बदल्नेगरी सरकार बनाएर जाऊँ भन्नेमा छ,’ देउवानिकट स्रोत भन्छ, ‘होइन, कम्युनिस्टभन्दा डेक्रोक्रेटिक एलायन्स बनाएर जानुपर्छ भन्ने पनि छ । तर, यी दुवै विकल्पलाई सभापतिले नजिकबाट हेर्नुभएको छ । कुनै टुंगो दिइसक्नुभएको भएको पनि होइन । उहाँ पर्ख र हेरको स्थितिमै हुनुहुन्थ्यो । तर, जसपा फुटेपछि परिस्थिति केही बदलिएको छ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत जसपा फुटे पनि नफुटे पनि सरकारको जग नै कमजोर भएकाले केही समय प्रतीक्षा मात्र गर्नुपर्ने तर्क गर्छन् ।

‘यो सरकारको जग र धरातल नै कमजोर छ,’ महतले लोकान्तरसँग भने, ‘जसपा फुट्यो । यसको ज्यादै धेरै असर परिहाल्छ भन्ने अवस्था छैन । तर, केही समय प्रतीक्षा गर्नुपर्छ ।’  

कांग्रेस र एमाले मिल्नुपर्छ भनेर बहस भइरहेका बेला कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको अगुवाइमा केही दिनअगाडि अर्को गठबन्धनका लागि छलफल भएको थियो । छलफलमा देउवा, नेपाल र खड्का सहभागी भएको स्रोत बताउँछ । पुरानै गठबन्धनमा आबद्ध दलको फेरि अर्को समीकरण बनाउने विषयमा कुराकानी भए पनि देउवाले त्यतिखेर कुनै निर्णय नदिएको नेताहरू बताउँछन् । 

‘उहाँ (माधव नेपाल)को पुरानै गठबन्धन ब्युँताउने कुरा सुने पनि देउवाले हुन्छ वा हुन्न केही भन्नुभएको थिएन,’ स्रोतले भन्यो । एमालेसँग पनि कुराकानी भएपछि देउवाले कुनै टुंगो नदिएको उनीनिकट स्रोत बताउँछ । तर, यसैमा ओलीले जोखिम देखेका हुन् । 

जसपा फुट्नेबित्तिकै सबै विकल्प सकिइहालेको मान्न कांग्रेस नेताहरू तयार छैनन् ।

null

‘अब यो सरकार रहँदैन भन्नेमा सबै दलका नेताहरू करिब–करिब पुग्नुभएको छ । अब नयाँका लागि कसले कसलाई गलाउने र को हाबी हुने भन्नेजस्तो मात्रै देखिन्छ,’ देउवानिकट स्रोत भन्छ, ‘प्रतिस्पर्धी पार्टी एमालेलाई तत्काल प्रधानमन्त्री दिएर जान कांग्रेसलाई गाह्रो छ । प्रचण्डलाई खेलाउन पाएर सजिलै बलियो रहेको र पुरानो शक्ति कांग्रेसलाई त्यत्तिकै प्रधानमन्त्री दिइहाल्न ओली मानिनहालेको तरल स्थिति हो । यसमा अब पार्टी फुटेपछि केही समय कुर्नैपर्ने भएको छ ।’

जसपा मात्रै होइन, १० सांसद भएको माधव नेपालको पार्टी फुट्ने र कांग्रेसमा पनि विग्रह निम्तिने जिकिर स्रोतको छ । फागुनमा आफूसहितको गठबन्धन तोडिएपछि अर्को दाउ हेरिरहेका देउवालाई पछिल्लो राजनीतिक घटनाक्रमले थप अप्ठ्यारो परेको छ ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री बन्नका लागि एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवले गर्दै आएको कारोबारी राजनीति अन्त्य भएको टिप्पणी गरे । कांग्रेसलाई पार्टीगतरूपमा भने त्यसको खासै असर नपर्ने उनको दाबी छ ।

‘जसमा फुटले के देखायो भने प्रधानमन्त्री बन्ने उपेन्द्र र माधवको कारोबारी राजनीतिको बाटो बन्द भएको छ,’ रिजालले लोकान्तरसँग भने, ‘यही विषय बढेर कांग्रेसमा विग्रह हुँदैन, किनकि कांग्रेसमा खुलमखुला मारामार हुन्छ, तर सत्ताका लागि आन्तरिक विग्रह आउँदैन । त्यस खालको विग्रह कांग्रेसको संस्कार होइन ।’ 

एमालेसँग मिल्ने कुरा पनि सत्ताका लागि नभएको उनको तर्क छ । 

‘सत्ताका लागि २ ठूला दल मिल्ने कुरा उचित होइन । तर, सत्तामा एमाले र कांग्रेस सँगै बस्नुपर्छ भन्ने बहस संरचनागत सुधारका लागि हो,’ रिजालले भने, ‘कांग्रेस–एमालेले हिजो संविधान बचाए । १२ देखि १५ महिनासँगै बसेर निर्वाचन प्रणाली बदल्ने, समानुपातिक प्रणालीलाई ११० बाट घटाएर ६० मा झार्ने अनि चुनाव गरेर देशलाई आर्थिक समृद्धिको बाटोमा लाने काम गरौं भनेको हो । निर्वाचन प्रणाली सुधार चुनावी गठबन्धन गर्नुपर्ने प्रक्रिया तोड्न एक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो मत हो ।’

कांग्रेस युवा नेता प्रदीप पौडेल सत्तामा बसेर साना दल फुटाउने विषय अनैतिक र अमर्यादित भएको बताउँछन् ।

‘उपेन्द्र यादवले सत्ता गठबन्धनलाई असहयोग गरेको देखिएको थिएन । उहाँ आफैं सरकारमा मन्त्री हुनुहुन्छ । सत्तामा रहेको सानो दललाई फुटाउने र कमजोर बनाउने खेल खेल्नु अमर्यादित एवं अनैतिक हो,’ पौडेलले लोकान्तरसँग भने, ‘एमालेले पहिले पनि कांग्रेस फुटाउन नेता विशेषलाई प्रधानमन्त्रीको अफर गरेकै हो । ओली अरू पार्टीलाई कमजोर बनाएर आफू हावी हुन खोज्दैछन् भन्ने विषय कांग्रेसजस्तो पार्टीका नेताका पक्कै बुझ्छन् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x