०४ साउन २०८३, सोमबार

दिल्लीको बाल अस्पतालमा आगलागीः ७ नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार

जेठ १३, २०८१
काठमाडौं
दिल्लीको बाल अस्पतालमा आगलागीः ७ नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार
तस्वीरः एएनआई ।

भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।

शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशु​काे अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।

कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्