२३ जेठ २०८३, शनिबार

अत्यधिक गर्मीले बर्दियामा तीनदिन विद्यालय बन्द

जेठ १४, २०८१
बर्दिया
अत्यधिक गर्मीले बर्दियामा तीनदिन विद्यालय बन्द

\बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले तीन दिन विद्यालय बन्द गरिएका छन् । बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले यही जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन्  ।

गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए । तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ । भोलि अर्थात् मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए । 

    अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताउनुभयो । उहाँ अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्