२६ जेठ २०८३, मंगलबार

मंसीर ४ काे निर्वाचन कार्यक्रम स्वीकृत: असाेज २३ मा उम्मेदवारी दर्ता

मंसीर ४ काे निर्वाचन कार्यक्रम स्वीकृत: असाेज २३ मा उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । बिहीवार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

स्वीकृत कार्यक्रमअनुसार असोज २३ गते उम्मेदवारको मनोनयन-पत्र दर्ता गर्ने र मनोनयन-पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन-पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने छ । त्यस्तै, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ । 

यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुने र कार्यक्रमसम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान छ । 

 

salt training

कमेन्ट गर्नुहोस्