१० साउन २०८३, आइतबार

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्छुः प्रचण्ड

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्छुः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताएका छन् । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए । 

अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे । उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता जनाए । उनले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउने दाबी गरे । 

‘अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो । त्यो प्रयोग गरियो र सफल भएन । अब हामी दोस्रो लोकतान्त्रिक निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा छौँ । मलाई विश्वास छ । मैले त्यतिबेला जे प्रतिबद्धता गरेको थिएँ । अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन अब आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय र समानताका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएको थिएँ’, उनले भने, ‘अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरूबीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ । यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भूमिका धेरै महत्वपूर्ण छ ।’ 

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए । उनले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गरे । उनले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताए । 

‘निजी क्षेत्रको सहभागिता र विश्वास नलिई आजको ग्लोवलाइजेशन र डिजिटलाइजेशनको युगमा कुनै पनि देशले आर्थिक विकास समृद्धिलाई गतिशिल रूपमा अगाडि बढाउन सम्भव छैन । प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर भौतिक पूर्वाधारको विकास रोजगारी सिर्जना गर्नेदेखि समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड गरेको हो त ? भन्ने प्रश्न आउने गरेका थिए’, उनले भने, ‘तर संविधान बनाउँदा नै निजी क्षेत्रलाई महत्व दिएर संविधान निर्माण गर्ने कुरा ग¥यौं । त्यसपछि सबै राजनीतिक घोषणाहरुमा निजी साझोदारी मोडललाई महत्वका साथ काम अगाडि बढाउने काम भएका छन् । अब सरकार र निजी क्षेत्रको बीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर हुँदै गएको छ । सहकार्यको क्षेत्र पनि विस्तारै सुदृढ हुँदै गएको मैले महसुस गरेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्