०९ असार २०८३, मंगलबार

अल्बानिया सरकारद्वारा तलब भत्ता बृद्धि

भदौ २३, २०७९
अल्बानिया सरकारद्वारा तलब भत्ता बृद्धि

अल्बानियामा नागरिकलाई आर्थिक सङ्कटबाट राहत होस भन्ने उद्देश्यले तलब भत्तामा वृद्धि गरिएको छ । 
प्रधानमन्त्री इडि रामाले बिहीबार विषेश प्याकेज घोषणा गर्दै आम नागरिकलाई राहत दिने उल्लेख गरेका हुन् । 

विषेश गरेर पछिल्लो समयमा देखिएको मूल्य वृद्धि र उर्जा सङ्कटलाई मध्यनजर गर्दै राहतका कार्यक्रमहरू ल्याइएको उनको भनाई छ । 

अहिले घोषणा गरिएको राहतका प्याकेजहरू अन्तरिमकालका लागि मात्रै भएको पनि उनले स्पष्ट पारेका छन् । 

पेन्सन प्रयोग गर्दै आएका जेष्ठ नागरिकहरूलाई ९.५ प्रतिशतले वृद्धि गरिएको पनि उनले जानकारी दिए । 

अल्बानियामा अहिले छ लाख ७४ हजारभन्दा बढी पेन्सन सेवा पाउने नागरिक रहेका छन् । यस निर्णयबाट उनीहरु र उनीहरूमा आश्रित सदस्यहरू लाभान्वित हुने भएका छन् । 

सरकारले एकल महिला, उनीहरूका पारिवारिक सदस्य र अपाङ्गता भएकाहरूका लागि पनि राहत प्याकेज ल्याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्