

हाड नभएको जिब्रो चिप्लेर कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि पर्छ । कसैकसैको जिब्रो धेर चल्छ भने कोही शान्त रहन्छन् । यसबाट पनि थाहा हुन्छ, जिब्रोको आकार र मोटाईबाट व्यक्तित्व झल्किन्छ ।
मोटो जिब्रो: मोटो जिब्रो भएको मान्छे रिसाहा, गनगन गर्नेखालको र झगडालु हुन्छन् । यस्तो मान्छेले घरमा शासन जमाएको हुन्छ ।
पातलो जिब्रो: पातलो जिब्रो भएको मान्छे धेर बोल्छन् तर यिनीहरूको हृदय सफा हुन्छ । यी मान्छेहरू सिधा हुन्छन् र अर्कालाई चोट पु-याउँदैनन् ।
लामो जिब्रो: लामो जिब्रो भएका मान्छे बुद्धिमान् हुन्छ । महिलाको लामो जिब्रो छ भने श्रीमानलाई औधी माया गर्छिन् ।
सानो जिब्रो: सानो जिब्रो हुने मान्छे कम बोल्छन् र शान्त रहन्छन् । अर्काको कुरा हत्तपत्त काट्न सक्दैनन् उनीहरूले ।
चुच्चो जिब्रो: चुच्चो जिब्रो भएका मान्छे स्पष्टवक्ता र चलाख हुन्छन् । उनीहरू षड्यन्त्रको तानाबाना बुन्न र अर्काको विरोध गर्न चम्बु हुन्छन् ।
गोलो जिब्रो: गोलो जिब्रो भएका मान्छे छलछाम गर्दैनन् र कमलो मुटु हुन्छ उनीहरूको ।
सेतो जिब्रो: सेताजिभ्रेहरू प्रेम गर्न चतुर हुन्छन् र समाजमा घुलमिल हुन सक्छन् । सेताजिभ्रे महिलाले श्रीमानलाई औधी माया गर्छन् ।
रातो जिब्रो: रातो जिभ्रो भएको मान्छे अरूभन्दा फरकखाले हुन्छन् । यिनीहरू डरपोक हुन्छन् । आगोसँग यिनीहरू बहुतै डराउँछन् ।