
रोल्पाको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
माडी गाउँपालिका- २ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३१०१ नम्बरको बस उकालोमा ब्रेक फेल भई सडकमा पल्टिँदा उनीहरू घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए ।
दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका-२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको छ। दुर्घटनापछि उक्त सडक अवरुद्ध छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ।