१९ असार २०८३, शुक्रबार

किन टोपी फुकालेर माटोलाई ढोगे मन्त्रीले ?

कात्तिक २०, २०७४
किन टोपी फुकालेर माटोलाई ढोगे मन्त्रीले ?

काठमाडौं १७ साउन– नवनियुक्त सिंचाइ मन्त्री सञ्जय गौतमले अचम्मको जिल्ला भक्ति देखाएका छन् ।

मन्त्री बनेर पहिलो पटक गृहजिल्ला बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमा मानखोलामा उत्रेर माटोलाई ढोगेका हुन् ।

बर्दियाको माटोलाई शिरले छोएर मात्र बर्दिया प्रवेश गर्ने भन्दै मन्त्रीले टोपी फुकालेर भूइमा ढोगेका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा बर्दियाबाट प्रत्यक्ष निर्वाचित गौतम कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बनेका हुन् । गृहजिल्ला प्रति उनको भक्तिलाई बर्दियामा प्रसंशा गरिएको छ ।
तस्वीरः We Belong To Bardiya

salt training

कमेन्ट गर्नुहोस्