
बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा भारी वर्षा भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दैलेखको ग्वाँटी र आसपास, डडेल्धुराको गाईबाँधे र कञ्चनपुरका केही क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लोहोरेखोला, रंगुन, चौधर लगायत साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू, पहिरो जान सक्ने भिरालो जमिनहरूमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्नेछ ।