०३ असार २०८३, बुधबार

सोमवारदेखि मनसुन थप सक्रिय हुँदै, अझै केही दिन वर्षा हुने

सोमवारदेखि मनसुन थप सक्रिय हुँदै, अझै केही दिन वर्षा हुने

देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

‘आगामी सोमवारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ’, उनले भने । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

गए राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा सुदूरपश्चिम प्रदेशलगायत थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.० डिग्री र अधिकतम तापक्रम २८.० डिग्री सेल्सियस छ । शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५.४ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस छ । रासस

salt training

कमेन्ट गर्नुहोस्