०६ असार २०८३, शनिबार

एसिया कप क्रिकेटमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

एसिया कप क्रिकेटमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर ११ बाट उनीहरूलाई शुक्रवार राति नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ पिचरा बस्ने वर्ष ४२ का
राजेश ठाकुर, वर्ष २८ का रवि सहनी, वर्ष ३४ का नारायण श्रेष्ठ र वर्ष २३ का अजय सहनी रहेका छन् । 

उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट सट्टेबाजी खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५०० रूपैया नगदसमेत बरामद गरिएको छ । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्