२८ असार २०८३, आइतबार

यही वर्ष बंगलादेश विद्युत् निर्यात गर्छौँः ऊर्जामन्त्री भुसाल

यही वर्ष बंगलादेश विद्युत् निर्यात गर्छौँः ऊर्जामन्त्री भुसाल
फाइल तस्वीर

ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बंगलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएका छन् । शनिवार यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसैवर्ष बंगलादेशलाई विद्युत् निर्यात गरिने बताएका हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बंगलादेश पनि निर्यात हुँदैछ’, मन्त्री भुसालले भने, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ ।’  ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले  घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिए ।

फरक प्रसंगमा उनले गठबन्धनको सिटको विषय शनिवार बेलुकासम्म टुंग्याइने बताए । शुक्रवार टुंगिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भने, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुंगिन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्