१० साउन २०८३, आइतबार

नाकामा अर्बौका सामान अड्किए

नाकामा अर्बौका सामान अड्किए

चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपालीहरुको ठूलो चाड दशैं नजिएको तर दशैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् । 

‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयौ मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौका सामानहरु सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’
महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिन सरकारसँग अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्