
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।