२४ असार २०८३, बुधबार

शंखरापुरमा अव्यवस्थित प्रचार सामग्री हटाइने

शंखरापुरमा अव्यवस्थित प्रचार सामग्री हटाइने
सांकेतिक तस्वीर

शंखरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै शुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, ब्यानरलगायतका सामग्री हटाउन शुरु गरेको नगर प्रहरी प्रमुख आङ काजी शेर्पाले जानकारी दिए । 

नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको शेर्पाले जानकारी दिए । 

नगरपालिकाले वडा नं ९ देखि शुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो । प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्ने गरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख रमेश नापितको निर्देशनमा हटाउन थालिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्