×

NMB BANK
NIC ASIA

मालपोत धनुषाले गैरकानूनी तरिकाले व्यक्तिको नाममा जग्गा पास गरेको खुलासा [लोकान्तर खोज]

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, १७ साउन — मालपोत कार्यालय धनुषाले नियम विपरित गैरकानुनी ढंगले जग्गा रजिष्ट्रेशन गरेको पाइएको छ । लाखौं रुपैयाँको चलखेल गरेर जिल्ला मालपोत कार्यालय धनुषाले छुट जग्गा दर्तामा रहेको लालपुर्जा विनाकै जग्गाको रजिष्ट्रेशन पास गरेको पाइएको छ ।

धनुषाको साविकको एकराही गाविस तथा हाल विदेह नगरपालिका वडा नं. ५ मा रहेको जग्गा अनधिकृत तरिकाले रजिष्ट्रेशन पास गरिएको छ । घुस लिएर अबैध तरिकाले जग्गा रजिष्ट्रेशन गर्न पल्किएको मालपोत कार्यालय धनुषाका कर्मचारीहरुको मिलोमतोमा फेरी अबैध तरिकाले जग्गा पास गरेको लोकान्तरले गरेको खोजबाट पाइएको छ ।

धनुषाको साविक एकराही गाविसमा बुवा अमरेशचन्द्र भट्टाचार्यको नामबाट छोरा असित कुमार भट्टाचार्यको नाममा केही जग्गाहरु आएको प्रमाणित देखिएपनि उक्त श्रेष्तामा कुनै पनि निर्णय नभई सरकारी कागज किर्ते गरी विभिन्न कित्ताबाट अरबौं मुल्य पर्ने जग्गा गैरकानुनी तरिकाले मालपोत कार्यालय धनुषाले रजिष्ट्रेशन पास गरिदिएको लोकान्तरले गरेको खोजबाट फेला परेको हो ।

श्रेष्तामा कायम गरी लालपुर्जा प्राप्ति नै नगरी सो जग्गा विना लालपुर्जाकै भुमाफियाहरुको नाममा मालपोत कार्यालय धनुषाले रजिष्ट्रेशन पास गरिदिएको पाइएको छ । फिल्ड बुकमा जग्गा खाली पाइन्छ । त्यो जग्गा छुट दर्ता भएका कारण विगतमा एकराही गाविसका सिटहा साहु भन्ने सिताराम साहले जोतभोग गर्दै आएको बताइन्छ । फिल्डबुक खाली भएपछि छुट जग्गा दर्ता तर्फ कारवाहीका लागि प्रक्रिया अगाडी वढाउनु पर्नेमा सो गरिएको छैन ।
धनुषाको साविक एकराही गाविस वडा नं. २ बस्ने अमरेश चन्द्र भट्टाचार्यको छोरा असित कुमार भट्टाचार्यले आफ्नो नाममा दर्ता रहेको एकराहीको विभिन्न कित्ता दर्ता रहेको मोठ श्रेष्ताबाट देखिएकोमा एकराही वडा नं. ३ को कित्ता नं. १, वडा नं. ४ को कित्ता नं. ८२,८३,८४ र ५१ को जग्गाहरु मध्ये कुल २ विघा २ कठ्ठा १८ धुर क्षेत्रफल जग्गा मोठमा चढेको भएपनि प्रमाणित गर्नेको सहि समेत कसले गरेको भन्ने स्पष्ट रुपमा खुल्न सकेको छैन ।
कैफियतमा रजिष्ट्रेशन नम्बर ६ सय ४०को निर्णयानुसार कित्ता नं. ८२, ८३, ८४, ५१ (असित) लेखिएको छ तर प्रमाणित नभएको श्रेष्ताबाट देखिएकोमा उक्त जग्गा मध्ये कित्ता नं. ५१ को २ कठ्ठा १७ धुर जग्गा अधिकृत वारेशनामाबाट रजिष्ट्रेशन नम्बर ९७६०(ख) ११ जेष्ठ २०७४ मा पारित भएको राजिनामा लिखतबाट प्रविन कुमार साहलाई गैरकानुनी तरिकाले मालपोत कार्यालय धनुषाबाट विक्री गरिएको पाइएको छ ।

प्रविन कुमार साहलाई विक्री गरिएको उक्त जग्गा मध्ये कित्ता नं. ५१ को २ कठ्ठा १७ धुर जग्गा पुनः रजिष्ट्रेशन नम्बर ९९८९(ख) १७ जेष्ठ २०७४ मा पारित राजिनामा लिखत अनुसार कित्ता नं. ५१ मा कित्ता काट भई कित्ता नं. ६३१ र ६३० कायम गरिएको छ । यसरी विक्री गरिएको जग्गाबाट दुई टुक्रा कित्तामा कित्ता काट गरिएको कित्ता नं. ६३१ को जग्गा मध्ये १ कठ्ठा जग्गा रामगुलाम यादवलाई विक्री गरिएको छ ।

जबकी विक्री गरिएका ती जग्गाहरु बास्तवमा जग्गा दर्ता नभई छुट जग्गा भएको पाइएको छ । छुट जग्गा कसैले पनि विक्री गर्न पाउँदैन । र, मालपोत कार्यालय धनुषाले गैरकानुनी ढंगले छुट जग्गा अरुको नाउँमा विक्री वितरण गराउन लाखौं रुपैयाँ घुस मार्फत लिएको बताइएको छ ।


यस सवालमा जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई सोध्दा जिल्ला मालपोत कार्यालय धनुषाबाट नियम विपरित जग्गाको रजिष्ट्रेशन पास भएको भन्ने कुरा स्वीकार समेत गरेका छन् । मालपोत अधिकृत मण्डल भन्छन,“ जग्गा दर्ता नभई छुट जग्गा भएको भनेर बुझिन आएको हुँदा शंकास्पद देखिएकोले छानविन प्रक्रिया अगाडी वढाइएको छ ।” मालपोत ऐन २०३४ को दफा ८ (ख) १ अनुसार हुने गरी हाललाई ती सम्पुर्ण जग्गाहरु रोक्का राखि सोही ऐनको दफा ३२ (ख) बमोजिम ११ जेष्ठ २०७४ मा पास भएका लिखत रजिष्ट्रेशन नम्बर ९७६० (ख) र १७ जेष्ठ २०७४ मा पारित भएको रजिष्ट्रेशन नम्बर ९९८९(ख) को लिखत बदरका लागि भुमिसुधार तथा व्यवस्थापन विभागमा पत्राचारगरिएको मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत मण्डलको भनाई छ ।

२१ जेष्ठ २०७३ मा हाल काठमाण्डौ महानगरपालिका वडा नं. १४ बस्ने असित कुमार भट्टाचार्यले साविक एकराही वडा नं. ४ को कित्ता नं. ५१ को २ कठ्ठा १७ धुर जग्गा सम्बन्धित मालपोत कार्यालय उपस्थित भई जो कोहीलाई राजिनामा गरि हक हस्तान्तर हुने गरी एकराही वडा नम्बर ४ का जुगल प्रसाद साहलाई अधिकृत वारेसनामा काठमाण्डौ जिल्ला अदालतबाट गराइएको छ ।

जबकी उक्त जग्गा छुट जग्गा भई दर्ता नै नभएको जग्गा रहेको पाइएको छ । त्यसैगरी विदेह नगरपालिका वडा नं. ५को वडा सचिव गंगा दासले असित कुमार भट्टाचार्यको नाममा दर्ता कायम रहेको उक्त जग्गामा कुनै किसिमको घर बाटो नरहेको भन्दै मालपोत कार्यालय धनुषामा सिफारिस गरेको पाइएको छ ।

स्थानीयवासी चन्द्रदीप यादवका अनुसार साविक एकराही ९ का भुमाफियाहरु बेचन दास, लखन दास र जुगल साहले लाखौं रुपैयाँ मालपोत कार्यालय धनुषाका कर्मचारीहरुलाई घुस दिई लालपुर्जा विनाकै अबैध तरिकाले अर्बौं मुल्य पर्ने ती जग्गाहरु रजिष्ट्रेशन गराएको छ । यसमा उचित छानविन गरी दोषी कर्मचारीहरुलाई कारवाही गरिनुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गर्नुपर्ने यादव बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x