१३ असार २०८३, शनिबार

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव

जुम्लाको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो  स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने भएको हो ।

जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाइम्सका प्रकाशक महेन्द्र कार्कीले बताए ।

सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । 

स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ  । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । 

जुम्ली लोकल जातका स्याउको बजार प्रबर्द्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि महोत्सवमा राखिने भएको छ ।  

यस वर्ष राष्ट्रिय कलाकारसहित स्थानीय झाँक्रीसहित महोत्सव लगाउने तयारी गरेको आयोजकले जनाएको छ । 

महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारसमेत ल्याएर आउन अनुरोध गरिएको छ ।

 महोत्सवमा कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर र साइज परीक्षण गर्नेछन् ।

उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डी, जाम जेलि वाइनको बजारीकरण हुनेछ । 

यसवर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्