२२ जेठ २०८३, शुक्रबार

लगानी बोर्डले पूर्वाधार सम्मेलन आयोजना गर्ने

लगानी बोर्डले पूर्वाधार सम्मेलन आयोजना गर्ने

लगानी बोर्ड नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास (जीआरआईडी) हासिल गर्ने सम्बन्धमा पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ । पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले भदौ २९ गते काठमाडौंमा सस्टिनेबल इफ्रास्टक्चर इन्भेष्टमेन्ट फोरमको आयोजना गर्ने भएको हो । 

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६)मा नेट जीरो कार्बन (शून्य कार्बन उत्सर्जनका)े लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।

कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता÷निजी क्षेत्र, नीति निर्माता,  विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइने छ ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षबाट हुनेछ । एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरूबीचमा सैद्धान्तिक बहस हुनेछ ।

रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका (बिजनेस गाइड) सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्नसमेत सार्थक हुने अपेक्षा गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्