१७ असार २०८३, बुधबार

राप्रपा नेपालद्वारा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा नगर्ने

राप्रपा नेपालद्वारा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा नगर्ने

राप्रपा नेपालले भाद्र २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ ।  निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । 

जस अनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरु आयोजना गरिने तय भएको उनको भनाइ छ । यस्तै पर्साको वीरगञ्जमा हुने तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने बैठकले निर्णय गरिएको छ । 


 आसन्न निर्वाचनको प्रयोजनका लागि पार्टीका केन्द्रीय उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा काठमाडौं उपत्यकास्तरीय निर्वाचन समन्वय समिति गठन गर्ने बैठकबाट निर्णय पनि भएको उनले बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्