
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कुमार कार्कीलाई प्रधानन्यायाधीश दिए हुन्छ भनेर राजनीतिक दलका शीर्ष नेताले आफूलाई प्रस्ताव गरेको खुलासा गरेका छन्। नेपाली कांग्रेसकी डीना उपाध्यायले उक्त प्रस्ताव गरेको जबराले बताएका हुन् ।
संसदको महाभियोग सिफारिस समिति समक्ष आईतवार बयान दिने क्रममा जबराले उपाध्यायले आफू प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर नै आएको बताएको पनि बयानका क्रममा बताए । तपाईंले मिलाएर राजीनामा दिनुहोस्, तपाईंमाथिको महाभियोग प्रस्ताव फिर्ता हुन्छ भनेर उपाध्यायले बनेको बयानका क्रममा चोलेन्द्रले बताए ।