
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो निलम्बन गैरकानूनी रहेको दावी गरेका छन्। संसदको महाभियोग सिफारिस समिति समक्ष आइतवार बयान दिने क्रममा जबराले यस्तो दाबी गरेका हुन्।
संसदको महाभियोग सिफारिस समितिले प्रतिवेदन दिएपछि मात्र निलम्बन हुने कानूनी व्यवस्था रहेको उनको जिकिर छ । तर प्रतिवेदन नदिँदै महाभियोग प्रस्ताव दर्ता गरेकै दिन सभामुखले संसद सचिवालय मार्फत गैरकानूनी निलम्बन गरेको उनले बताए ।