०८ साउन २०८३, शुक्रबार

प्रचण्डसँग गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माको भेटवार्ता

प्रचण्डसँग गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माको भेटवार्ता
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाँण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटवार्ता गरेका छन् ।  

दाहाल निवास खुमलटारमा सोमवार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको छ । 

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालसँग कुराकानी भएको हो । 

त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्