×

NMB BANK
NIC ASIA

‘बेनीको बजार’ गीतको भिडियोका मोडल दीपसागरको निधन

भदौ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकदोहोरी क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिएका दीपसागर डिसीको निधन भएको छ । मोडल, छायांकार, निर्देशक एवं सम्पादकसमेत रहेका दीपसागरको सोमवार बिहान निधन भएको हो । 

Muktinath Bank

मिर्गौला एवं सुगरको रोगबाट ग्रसित ४२ वर्षीय उनको उपचारका क्रममा भेनस अस्पतालमा निधन भएको कलाकार शेरबहादुर गुरुङले जानकारी दिए । दीपसागरको सोमवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्याङजाका दीपसागरले ५० को दशकको अन्त्यतिरबाट कोरस डान्सरका रूपमा करिअर थालेका थिए । उनले मेकअपम्यान, निर्देशक, छायांकार, सम्पादक एवं मोडल भएर थुप्रै म्युजिक भिडियोमा काम गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कुनै समय अत्याधिक रूपमा लोकदोहोरी भिडियो निर्माण गर्दै आएको कृष्ण फिल्मसका प्रबन्ध निर्देशक बाबुराजा केसी दीपसागर २०५९ सालमा कोरस नाच्छु भन्दै आफूकहाँ आएको सम्झन्छन् । 

Vianet communication
Laxmi Bank

‘त्यतिबेलै एकदमै प्रतिभाशाली लागेको थियो । कोरस हुँदाहुँदै ग्रुप लिडर गर्न थाल्यो । त्यसपछि मेकअपको काम गर्‍यो’, केसी सुनाउँछन्, ‘त्यसपछि निर्देशन गर्छु भन्यो र निर्देशन गर्न थाल्यो । त्यसपछि छायाँकन, सम्पादन एवं मोडलसमेत भएर थुप्रै भिडियोमा काम गर्‍यो ।’ 

कलाकार शेरबहादुरका अनुसार दीपसागरले २ सय बढी म्युजिक भिडियोको निर्देशन गरेका छन् । अभिनय गरेका म्युजिक भिडियोहरू दुई दर्जन बढी छन् । राजु परियार, बीमाकुमारी दुरा लगायतको स्वर रहेको चर्चित गीत ‘बेनीको बजार’मा दीपसागरले अभिनय गरेका थिए । 

उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्मको समेत निर्देशन गरेका छन् । पछिल्लो समय पनि दीप सागर छायांकन र निर्देशनमा सक्रिय थिए । उनको श्रीमती, एक छोरी र एक छोरा छन् । 

दीपसागरको निधनमा लोकदोहोरी क्षेत्रका कलाकारहरूले शोक व्यक्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, मोडल एवं निर्देशक शंकर बिसी, गायक एवं संगीतकार वसन्त थापा, गायिका पूर्णकला बिसीलगायत थुप्रैले सामाजिक सञ्जालमा दीपको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x