
काठमाडौं, १७ साउन – खाना पकाउने ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको निगमका प्रवक्ता सिताराम पोखरेलले बताए । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।
पोखरेलका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ । नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन (बाहृय)मा २० रुपैयाँ २९ पैसा नाफा छ ।
हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४र७४ रुपैयाँ, हवाइ इन्धन (बाहृय) को मूल्य ८२, हवाइ इन्धन (बाहृय) को ७५ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर मूल्य ग्यास १ हजार ३ सय ५० रुपैयाँ छ ।