
बलिउड चलचित्र ब्रमास्त्रले विश्वभरको बक्स अफिसमा आक्रामक व्यापार शुरू गरेको छ ।
दुनियाँ भरको फिल्मको पछाडि पार्ने पहिलो बलिउड फिल्म बनेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
गत शुक्रवारदेखि हलमा आएको यस चलचित्रमा रणबीर कपूर र आलिया भट्टको मूख्य भूमिका छ ।
इन्डियामा ब्रह्मास्त्रले पहिलो दिनमा ३६ करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको थियो ।
विश्वभर पहिलो दिन यस चलचित्रले करीब ७५ करोड रुपैयाँ कमाएको बताइएको छ ।
यस्तै दोस्रो दिनसम्ममा यस चलचित्रले १६० करोड रुपैयाँ भारू कमाएको छ ।
ब्रह्मास्त्र बलिउडमा बनेको पहिलो चलचित्र बनेको छ जसले विकेन्ड कलेक्शन विश्वभरको बक्स अफिसमा टप गरेको छ ।
वर्ल्डवाइडमा साताको अन्तिममा यस चलिचत्रले १९.५० मिलियन डलर कमाएको बताइएको छ ।