
सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक आज (मंगलवार) पनि बस्दैछ।
कार्यदलसहित शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने तय भएको छ ।
विगत केही दिनदेखि निरन्तर बस्दै आएको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सिट बाँडफाँडमा कुरा मिलाउन नसक्दा बैठक लम्बिँदै गएको हो ।
यसअघि सोमवार पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो ।