०३ असार २०८३, बुधबार

काठमाडौंको यी रुटमा यात्रा गर्दै हुनुहुन्छ ?  वैकल्पिक मार्ग अपनाउनुस्, नत्र घन्टौं जाममा परिएला !

काठमाडौंको यी रुटमा यात्रा गर्दै हुनुहुन्छ ?  वैकल्पिक मार्ग अपनाउनुस्, नत्र घन्टौं जाममा परिएला !
फाइल तस्वीर

मंगलवार काठमाडौंको सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष कारणबस सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ ।

प्रहरी कार्यालयका अनुसार आज बिहान पौने ९  बजेको आसपासमा  रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल,  माईतीघर, नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माईतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने छ । 

त्यस्तै दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने छ  ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको आवातजावातका लागि विशेष व्यवस्था हुँदा सडकमा सवारी आवागमन प्रभावित हुन पुगेको हो । 

सोमवार दिउँसो पनि सडकमा सवारी आवागमन प्रभावित भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्