
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अन्तिम दिनको बयानअघि प्रतिनिधि सभाको महाभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ । संसद सचिवालय सिंहदरबारमा बिहान ११ बजेदेखि समितिको बैठक बसिरहेको छ ।
बयानका लागि जबरालाई १ बजे बोलाइएको जेष्ठताको आधारमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद रामबहादुर विष्टले जानकारी दिए । समितिले तयार गरेका ४३ मध्ये ३५ प्रश्नको जवाफ चोलेन्द्रले दिइसकेका छन् । मंगलवार बयान सकाएर प्रतिवेदन लेख्न शुरु गरिने समिति स्रोतले बतायो ।
असोज १ गते प्रतिनिधि सभाको कार्यकाल सकिनु अगावै सभामा पेश गर्नेगरी समितिले प्रतिवेदन तयार गर्न लागेको छ । सत्तापक्षीय ५ दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राणा फागुन १ गतेदेखि निलम्बनमा छन् ।