०८ साउन २०८३, शुक्रबार
महाभियाेग प्रकरण

चोलेन्द्रले मुछेका केही वकिलसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने, भदौ मसान्तमै प्रतिवेदन

भदौ २८, २०७९
चोलेन्द्रले मुछेका केही वकिलसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने, भदौ मसान्तमै प्रतिवेदन

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका केही व्यक्तिसँग पनि छलफल गर्ने भएको छ । मंगलवार बसेको समितिको बैठकले चोलेन्द्रले मुछेका केही व्यक्तिसँग छलफल गर्ने सहमति गरेको जसपा सांसद प्रमोद साहले जानकारी दिए । 

‘बयानका क्रममा प्रधानन्यायाधीशले मुछेका केही पूर्वन्यायाधीश, वकिललगायतसँग छलफल गर्ने सहमति गरेका छौँ’, शाहले भने, ‘तर भदौ मसान्तभित्रै प्रतिवेदन सभामुखलाई बुझाउछौँ ।’ 

सर्वसम्मत, बहुमत या अल्पमत जे भए पनि भदौ मसान्तमै प्रतिवेदन तयार हुने साहले बताए । समितिले मंगलवार चोलेन्द्रसँग अन्तिम दिनको बयान लिँदैछ । ४३ मध्ये ८ वटा मात्र प्रश्न बाँकी रहेकोले आज बयान सकिने समितिका सभापति कांग्रेस सांसद रामबहादुर विष्टले बताए । 

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बुधवारको बैठकमा बारका पदाधिकारीलगायत सम्भव भएजतिलाई बोलाउने तयारी रहेको जानकारी दिए । तर, कस–कसलाई बोलाउने भन्नेबारे निर्णय नभएको उनले बताए ।
सचिवालयमा दिउँसो १ बजे बयानका लागि चोलेन्द्रलाई बोलाइएको छ । 

बयानका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेता, सर्वोच्चका न्यायाधीश, पूर्वन्यायाधीश, वकिलसमेतको नाम लिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्