०६ साउन २०८३, बुधबार

आर्मेनियामा अजरबैजानले आक्रमण गरेको भन्दै त्यहाँका प्रधानमन्त्रीले पुकारे रुस र फ्रान्स

भदौ २८, २०७९
आर्मेनियामा अजरबैजानले आक्रमण गरेको भन्दै त्यहाँका प्रधानमन्त्रीले पुकारे रुस र फ्रान्स

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंसँग मंगलवार टेलिफोनमा कुराकानी गरेका छन् । 

आफ्नो सीमामा आएर अजरबैजानले आर्टिलरी र ड्रोन आक्रमण गरेको भन्दै पाशिन्यानले पुटिन र म्याक्रोंसँग गुनासो गरे । 

मध्यरातबाट अजरबैजानले आर्मेनियाको सार्वभौम भूभागमा आक्रमण गरेको उनले बताए । अन्तर्राष्ट्रिय समुदायले यसका विरुद्ध ठोस प्रतिक्रिया दिनुपर्ने उनको भनाइ छ । 

आर्मेसनयाको रक्षा मन्त्रालयले सोत्क, भार्देनिस, गोरिस, कापान, आर्टानिश र इशखानासारमा सैन्य तथा नागरिक संरचनामा प्रहार भएको जनाएको छ । 

उता आर्मेनियाका विध्वंसकारीहरूले अजरबैजानको भूमिमा सडक तथा संरचनामा बम राखेको र सैनिकहरू मारेको अजरबैजानको रक्षा मन्त्रालयले आरोप लगाएको छ । आफूले आर्मेनियाको भूभागमा आक्रमण नगरेको पनि उसको भनाइ छ । 

अहिले त्यहाँ लडाइँ चलिरहेको बताइन्छ । 

सोभियत संघबाट स्वतन्त्र भएदेखि नै आर्मेनिया र अजरबैजानको झगडा हुँदै आएको छ । नागोर्नो काराबाख क्षेत्रको स्वामित्वका विषयमा दुई मुलुकबीच दुईपटक युद्ध भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्