२८ जेठ २०८३, बिहीबार

महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाइनुपर्छः मन्त्री रेग्मी

महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाइनुपर्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन् । मंगलवार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै उनले महिलाहरूलाई सीपमूलक तालिम दिनुपर्नेमा जोड दिइन् । 

उक्त भवन महिलाहरूलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वास समेत व्यक्त गर्दै मन्त्री रेग्मीले भवनलाई उद्देश्यमूलक ढंगले सञ्चालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरूलाई निर्देशनसमेत दिइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ । यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन । यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ’, उनले भनिन् । 

कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनार हल र ८ वटा शौचालय रहेका छन । त्यस अवसरमा महिलाहरुको सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलाहरूलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्