२७ जेठ २०८३, बुधबार

युक्रेन अमेरिकामा पूर्ण निर्भर रहेको जेलेन्स्कीको भनाइ

भदौ २८, २०७९
युक्रेन अमेरिकामा पूर्ण निर्भर रहेको जेलेन्स्कीको भनाइ

अमेरिकाबाट निरन्तर आर्थिक तथा सैन्य सहयोग प्राप्त नगरेमा युक्रेन रुसविरुद्धको युद्धमा पराजित हुने युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताएका छन् । 

सीएनएनका फरीद जकारियासँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म राष्ट्रपति जो बाइडन र ह्वाइट हाउसप्रति कृतज्ञ छु । यो सहयोगविना हामी गुमेको भूमि फिर्ता लिन सक्दैनौं ।’

नोभेम्बर महिनामा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकनहरू विजयी भएमा युक्रेनलाई दिने सहयोग बन्द हुन सक्ने जकारियाले बताए । त्यसको उत्तर दिँदै जेलेन्स्कीले दुवै दलबाट युक्रेनलाई दह्रो सहयोग जारी रहने विश्वास गरेको बताए । 

पश्चिमले किएभलाई हतियार र पैसा नदिएमा रुसले युद्ध जित्न सक्ने जेलेन्स्कीको भनाइ छ । अमेरिकाका करदाताहरूको पैसा पश्चिमी मूल्यमान्यताको रक्षाका लागि खर्च भइरहेको उनले दाबी गरे । 

अमेरिकाले युक्रेनलाई अहिलेसम्म सैन्य सहायताका रूपमा ३० अर्ब डलर दिइसकेको छ । त्यसमध्ये १७ अर्ब डलर सन् २०१४ देखि गत फेब्रुअरी महिनासम्म दिएको हो । 

त्यसबाहेक अमेरिकाले युक्रेनी सेनालाई गुप्तचर सूचना समेत उपलब्ध गराउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्