
अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ ।
आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।
बुधवार राति देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बुधवार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।