०३ असार २०८३, बुधबार

टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरूले जिते लाखौंको नगद उपहार

टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरूले जिते लाखौंको नगद उपहार

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले सञ्चालनमा ल्याएको ‘कायापलट’ योजनामा ग्राहकहरुले लाखौंको नगद उपहार जितेका छन् । 

चाडपर्वलाई मध्यनजर गर्दै ल्याइएको सो विशेष योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् । 

यस्तै स्याङ्जा, मनकामना वडा नम्बर १ निवासी, इमबहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै ४ हजार रुपैयाँ र किनेपछि एक लाख रुपैयाँ गरी रु १ लाख ४ हजार रुपैयाँ हात पारेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

यस्तै ललितपुर निवासी असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क  १२५ एफ आइ स्कुटर नकिन्दै  २५ हजार रुपैयाँ र किनेपछि एक हजार रुपैयाँ गरी २६ हजार रुपैयाँ हात पार्न सफल भएका छन् । 

र योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले  रियलमी सी३० स्मार्ट फोन जितेका छन् । 

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

‘कायापलट’ योजना अन्तर्गत नकिन्दै एक लाख रुपैयाँ र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई  रियलमी सी३० स्मार्ट फोन प्रदान गरिन्छ । 

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ । 

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा ४ हजार २०० रुपैयाँको मासिक  ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार, यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ ।

यस्तै विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्