२१ जेठ २०८३, बिहीबार

चोलेन्द्रले मुछेका व्यक्तिलाई समितिले छलफलका लागि बोलायो

चोलेन्द्रले मुछेका व्यक्तिलाई समितिले छलफलका लागि बोलायो

संसदीय समितिमा बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुछेका व्यक्तिहरूसँग सोधपुछका लागि बिहीबार बाट बोलाउने महाभियोग छानविन तथा सिफारिस समितिले निर्णय गरेको छ । 

बुधबार विहानदेखि सिंहदबारमा बसेको बैठकमा बयानका क्रममा जबराले मुछेका व्यक्तिहरुलाई कहिले र कसरी बोलाउने भन्ने बारेमा छलफल भएको थियो । 

समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमकाअनुसार बिहीबार विहान साढे ८ बजेबाट जबराले बयानमा मुछेका पूर्व प्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, जबराले नाम लिएका बारका पदाधिकारी र कानून व्यवसायीलाई बोलाउने निर्णय समितिले गरेको छ । 

‘बिहीबार साढे ८ बजेबाट समय मिलाएर उहाँहरूलाई बोलाउने निर्णय समितिले गरेको छ’, गौतमले भने । 

महाभियोगको प्रतिरक्षा गर्ने क्रममा जबराले न्यायालयभित्रको विकृतिका सम्बन्धमा पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, बहालवाला न्यायाधीश, बारका पूर्व र वर्तमान पदाधिकारी, कानून व्यवसायीसहित केही राजनीति नेतृत्वलाई समेत मुछेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्