११ साउन २०८३, सोमबार

आर्मेनिया र अजरबैजानले किन लडाइँ गरिरहेका हुन् ?

भदौ २९, २०७९
आर्मेनिया र अजरबैजानले किन लडाइँ गरिरहेका हुन् ?

अजरबैजान र आर्मेनियाबीच सीमामा लडाइँ चलिरहेको छ । 

कुनै बेलामा सोभियत संघका गणराज्य रहेका यी दुई मुलुकले दुई वर्षअघि नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वका लागि झगडा गरेका थिए । त्यसमा अजरबैजान विजयी भएको थियो ।

नागोर्नो काराबाख ४४ सय वर्गकिलोमिटर क्षेत्रमा फैलिएको इलाका हो । 

अहिलेको लडाइँमा दुवै पक्षका गरी १०० सैनिकको मृत्यु भएको बताइएको छ । 

अजरबैजानले आर्मेनियाका सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइरहेको बताएको छ । सर्वसाधारणमाथि आफूले आक्रमण नगरेको उसको भनाइ छ । 

तर आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानको दाबी झूटो भएको बताएको छ । सर्वसाधारणमाथि अजरबैजानले आक्रमण गरेको प्रमाण आफूसँग रहेको उसले दाबी गरेको छ । 

आर्मेनियाको सबभन्दा ठूलो समर्थक रुस अहिले युक्रेन युद्धमा फसेको छ । खार्किभमा युक्रेनी सेनाले रुसलाई अत्याइरहेको छ । 

रुसले पश्चिमी मुलुकहरूलाई ग्यास दिन बन्द गरेको छ । 

अजरबैजान आफैं पनि ग्यास उत्पादक मुलुक हो । 

विश्लेषकहरूका अनुसार, ग्यासको बलमा अजरबैजानले आर्मेनियालाई पेल्न सकिने धारणा बनाएको छ । युरोपेली मुलुकहरू आर्मेनियाको सहायताका लागि नआउने उसको सोच छ । 

अजरबैजानसँग भिड्नका लागि आर्मेनियाले रुसको सहायता मागेको छ । रुसले आर्मेनियालाई सैन्य सहायता गरेमा यस क्षेत्रमा ठूलो संघर्षको जोखिम बढ्नेछ । तर अघिल्लोपटक पनि रुस आर्मेनियाको पक्षमा खुलेर लागेको थिएन । 

उता अजरबैजानले टर्कीसँग सैन्य सम्झौता गरेको छ । टर्कीले आफ्नो सैन्य शक्तिको बलमा आर्मेनियालाई थोरै समयमा भयंकर क्षति गर्छ । 

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले मंगलवार टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनसँग टेलिफोन कुराकानी गरेका छन् । टर्कीले अजरबैजानलाई पूर्ण समर्थन गरेको छ । सन् २०२० को युद्धमा पनि अजरबैजानले टर्कीबाट प्राप्त हतियारको बलमा विजय पाएको थियो । 

यसैबीच अमेरिकाका परराष्ट्रमनत्री एन्टोनी ब्लिन्केनले अजरबैजान र आर्मेनिया दुवै देशका राष्ट्रप्रमुखसँग कुराकानी गरेका छन् । तनाव घटाउनका लागि उनले सल्लाह दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्