२८ जेठ २०८३, बिहीबार

तीन बुँदे सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

तीन बुँदे सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आन्दोलन फिर्ता लिन राजी भएको हो । 

सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ ।  तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ । 

यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधि सहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी  उचित सम्बोधन गर्ने सहमति भएको छ । 

आज भएको सहमतिसँगै आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने सहमतिपत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्