२२ असार २०८३, सोमबार

चिकित्सक संघको दोस्रो सम्मेलन असोज ४ र ५ गते हुने

चिकित्सक संघको दोस्रो सम्मेलन असोज ४ र ५ गते हुने

चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) गर्ने भएको छ । संघले आगामी असोज ४ र ५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो । 

संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको जानकारी दिएको छ । संघले यो वर्ष ‘प्यान्डेमिक प्रिपेडनेस इन नेपाल’ अर्थात नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो । 

सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गर्ने कार्यतालिका छ । सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ । यो पटक ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’, ‘चिकित्सा शिक्षामा चुनौती र अवसर’, ‘संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी’, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर’, ‘खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण,’ ‘नेपालमा मेडिकल टुरिजम’ र ‘चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा’ विषयमा छलफल हुने छ ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुआत भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा.लोचन कार्कीले जानकारी दिए । 

अध्यक्ष डा.कार्कीका अनुसार सम्मेलनमा विज्ञहरूसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनाई सरकारलाई सुझावको रूपमा पेश गरिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्