१० साउन २०८३, आइतबार

इथियोपियामा पृथक्तावादीहरूमाथि हवाई आक्रमण, १० जनाको मृत्यु

भदौ ३०, २०७९
इथियोपियामा पृथक्तावादीहरूमाथि हवाई आक्रमण, १० जनाको मृत्यु

इथियोपियाको टिग्रेमा पृथक्तावादीहरूका विरुद्ध विगत दुई वर्षदेखि चलिरहेको गृहयुद्धका क्रममा सरकारी सेनाले गरेको हवाई आक्रमणमा १० जनाको ज्यान गएको छ । 

टिग्रेको राजधानी मेकेलेमा गरिएको उक्त हवाई आक्रमणमा थप १३ जना घाइते भएका छन् । 

पृथक्तावादी टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का अधिकारीहरूले द्वन्द्वमा इरिट्रियाका सुरक्षाफौज पनि सहभागी बनेको बताएका छन् । उनीहरूले द्वन्द्व शुरू हुँदा सामूहिक बलात्कार, यातना र सर्वसाधारणको सामूहिक हत्या गरेको आरोप टीपीएलएफले लगाएको छ । 

इथियोपिया सरकारले हवाई आक्रमणका विषयमा टिप्पणी गरेको छैन । द्वन्द्वमा इरिट्रियाका फौजको सहभागिता तथा टिग्रेका अस्पतालहरूमा आधारभूत औषधोपचारको कमीका विषयमा पनि उसले केही बताएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्