०२ साउन २०८३, शनिबार

बाबुरामले गरे काठमाडौंका मेयर बालेनको प्रशंसा

बाबुरामले गरे काठमाडौंका मेयर बालेनको प्रशंसा
फाइल तस्वीर

पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने र मृतप्रायः बनेका नदीलाई मेयर बालेन्द्र शाह (बालेन)ले  गरेको पहलको प्रशंसा गरेका छन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले बालेनको सो कामको प्रशंसा गरेका हुन् । 

उनले फुटपाथ पनि व्यवस्थित गर्नुपर्ने भन्दै तर निश्चित ठाउँ वा समय तोकेर तिनको व्यवस्थापन गर्नुपर्ने उनले सुझाव दिएका छन् । 

उनले भनेका छन्,‘काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेनका पहल प्रशंसनीय छन्!फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।  तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !'

salt training

कमेन्ट गर्नुहोस्