२८ जेठ २०८३, बिहीबार

प्रत्यक्षतर्फ धेरै महिलालाई उम्मेदवार बनाउन माग

प्रत्यक्षतर्फ धेरै महिलालाई उम्मेदवार बनाउन माग

सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरूलाई आग्रह गरेकी छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरूको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकिर गरिन् । 

उनले संविधानले व्यवस्था गरेको महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गराउन  राजनीतिक पार्टीका नेतृत्वहरू तयार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सांसद पन्तले महिलाहरू भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनोट गर्न सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन् । उनले संविधानअनुसार आगामी निर्वाचनमा महिलाहरूको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गरिन् । 

‘क्षमतावान महिलाहरूको संख्यामा वृद्धि भएको छ । म भूगोलमा गएर निर्वाचनमा भाग लिन्छु भनेर कस्सिएर बस्नु भएका महिला साथीहरू धेरै हुनुहुन्छ । मुलुकको राजनीति अगाडि बढाउनका निम्ति र मुलुक अघि बढाउनका निम्ति जनतालाई सुशासनको प्रत्याभूति दिलाउनका निम्ति पनि महिलाहरूको सहभागिता बढाउन जरुरी छ’, उनले भनिन् । 

सांसद पन्तले दशैं–तिहारजस्ता चाडबाड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्